अब १८ वर्षमाथिकाले पनि पाउने भए खोप
काठमाडौँ २ साउन । सरकारले कोरोना भाईरस विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको छ ।
मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको जानकारी दिए ।चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै निस्शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ ।