image
image

नेप्सेमा यो साता ७ कम्पनीको शेयर  सूचिकृत, कुनको कत्ति ?

काठमाडौँ २ साउन । यो साता  साता नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा )विभिन्न ७ कम्पनीको शेयर सुचिकृत भएको छ । जसमा पाँच कम्पनीको बोनस शेयर, एक कम्पनीको ऋणपत्र र एक कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।


सुचिकृत हुनेमा डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्था,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, महालक्ष्मी विकास बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल राष्ट्र बैंक रअरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी रहेको छ । 


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५०.३७ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको न्स्योरेन्सको १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यस्तै महालक्ष्मी विकास बैंकको बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस शेयर र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको छ । साथै प्रभु इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

त्यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । २०८४ च, २०८३ ग नामको ६ वर्षे, २०८४ ङ नामको ७ वर्षे र २०८५ घ र २०८५ ङ  नामको आठ वर्षे विकास ऋणपत्र धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले बताएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।