image
image

सस्तियो आलुको मूल्य, किलोको कति ? 

काठमाडौँ । नेपाली बजारमा आलुको मूल्य सस्तो हुन थालेको छ । बजारमा ७४ प्रतिशतसम्म आलुको मूल्य घटेको छ । विशेषगरी काभ्रेको पाँचखालबाट आलु भित्रिन थालेपछि बजारमा आलुको मूल्य ह्वात्तै घटेको हो । 

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत कात्तिकमा आलुको मूल्य अत्याधिक महँगिएको थियो।  समितिले पछिल्लो समय सार्वजनिक गरेको मूल्यसूची अनुसार थोक बजारमा सेतो आलुको मूल्य सबै भन्दा सस्तो छ । कात्तिक १७ गते आलुको थोक मूल्य प्रतिकिलो ७३ रुपैयाँ रहेकोमा अहिले करीब ७४ प्रतिशत सस्तिएर १९ रुपैयाँमा झरेको छ । 

सोही अवधिको तुलनामा नेपाली रातो आलुको मूल्य पनि करीब ६६ प्रतिशतले घटेर प्रतिकिलो ७९ रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ । त्यसैगरी भारतीय रातो आलुको मूल्य पनि ६० प्रतिशतले घट्दै प्रतिकिलो ६८ रुपैयाँबाट २७ रुपैयाँमा आएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।