image
image

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच बालुवाटारमा भेट

काठमाडौँ १ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ राजदूत होउ यान्छी बालुवाटार पुगेकी छन्।शुक्रबार दिउँसो राजदूत यान्छी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विट गर्दै राजदूतसँग भेट भएको जानकारी दिएका हुन्।

उनले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताएका थिए।'आज बालुवाटारमा मैले चिनियाँ राजदूत होउ यान्छीलाई भेटेँ। म चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने छु,' प्रधानमन्त्री देउवाले लेखेका छन्।

यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्‍यान्डी बेरी बुढानिलकण्ठ पुगेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।