पछिल्लो समय आयल निगम घाटामा , १५ दिनमै १ अर्बको घाटा
काठमाडौँ माघ २६ । लामो समय देखि नाफा कमाउदै आएको आयल निगम घाटा बेहोर्दै आइरहेको जनाएको छ । पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले १५ दिनमा झन्डै ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने देखिएको निगमको भनाई छ ।पछिल्लो समय ग्यासमा धेरै घाटा बेहोर्नु परेको बताएका छन् ।
त्यस्तै अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएकाले पछिल्लो एक महिना यता निगमले घाटा बेहोरनु परेको हो । कोरोना भाइरस(कोभिड१९)को प्रभावले विश्वभर लकडाउन हुँदा चैत महिनामा प्रतिव्यारेल २० डलरमा भरेको कच्चातेलको मुल्य अहिले बढेर ५९ डलर पुगेको छ । त्यतिबेला निगमले प्रतिलिटरमा पेट्रोलमा १० रुपैयाँ मुल्य घटाएको थियो
अहिले बजारमा पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल ९३ रुपैयाँ, आन्तरिक हवाई इन्धन ६५ रुपैयाँ र खाना पकाउने ग्यासको बिक्री मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँ रहेको निगम प्रवक्ता वीनितमणि उपाध्यायले बताएका छन् ।