यसवर्ष नेपालमा सलह भित्रिने सम्भावना न्यून
काठमाडौं, १, साउन । यसवर्ष नेपालमा फटेङ्ग्रा जातको किरा९सलह० भित्रिने सम्भावना निकै न्यून देखिएको छ । गत वर्ष सलह आउँदै भन्दाभन्दै नेपाल भित्रिएर विभिन्न जिल्लामा पुगेर कृषिबाली नालीमा क्षति पुर्याएको भए पनि यस वर्ष भने त्यस्तो अवस्था नरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
सलह नेपालमा भारत हुँदै भित्रिने हो । तर, भारतको राजस्थानमा भएको सलहको झुण्ड पनि त्यतै हराएको र अफ्रिका हुँदै भारतमा भित्रिने सलह पनि नआएकाले नेपालमा भित्रिने सम्भावन न्यून रहेको मन्त्रालयका कर्मचारी बताउँछन् ।
ठूलो झुण्ड वा बथान अफ्रिका हुँदै भारतको राजस्थानमा आएर थुप्रिन थाल्यो भने नेपालमा आउने सम्भावना बढी हुने भए पनि अहिले सलहको झुण्ड कम र हराउँदै गएको प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
भारतको राजस्थानमा रहेका सलहका अधिकांश झुण्ड स–साना रहेको र ती झुण्ड मात्रै नेपाल आउन सक्दैनन् । त्यसबाहेक अफ्रिका, इरान लगायतका देशको मरुभूमिबाट तत्काल भारतसम्म सलह आउने सम्भावना नदेखिएकाले यसवर्ष सलह आउने सम्भावना निकै कम रहेको केन्द्रका वरिष्ठ बाली संरक्षक अधिकृत रामकृष्ण सुवेदीले कृषिपानालाई जानकारी दिए ।
‘यसवर्ष सलह नेपाल भित्रिने सम्भावना छैन, आउने जस्तो संख्याका सलह पनि छैनन्’ उनले भने, ‘भारतको राजस्थानमा रहेको मात्र सलहको बथान यहाँ आउन सक्दैन् । किनकी, त्यहाँ ८र१० ओटा झुण्ड जहिले पनि हुन्छन् ।’
ती सलहले त्यहाँ नै चरन पाउने हुनाले टाढा टाढा जाने सम्भावना पनि नरहेको उनले बताए । अफ्रिका र अन्य देशबाट ठूलो बथानमा आयो भने मात्रै नेपाललाई डर हुने अवस्था आउने उनी बताउँछन् ।
गत २०७६ असारको २७ गते दाङ र कपिलवस्तु हुँदै भित्रिएको सलहले नेपालका विभिन्न जिल्लामा किसानको खेतीबालीमा क्षति पुर्याएको थियो । विभिन्न ६० भन्दा बढी जिल्लामा सलहले उडान भर्यो । त्यतिमात्र होइन, भारत हुँदै नेपाल भित्रिएका ती सलहका झुण्ड हिमाल पारीको जिल्ला मनाङ मुस्ताङ हुँदै चीन सम्म पुग्यो ।
आकस्मिक रुपमा हावाको बहाव र मौसम परिवर्तन हुँदा सलहको जोखिम बढी हुन्छ । सलह किराको एउटा झुण्डले सिंगो खेती हुने बाली केही छिनमै सखाप पार्ने गर्छ । एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म हुने यिनीहरु दैनिक ९० माइल १५० किमी सम्मको यात्रा दुरी पार गर्न सक्छन ।औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा सखाप पार्ने गरेको अध्ययनले जनाइएको छ ।