दोलखामा जारी निषेधाज्ञा पुन १० दिन लम्बियो
काठमाडौँ, १, साउन । दोलखामा जारी निषेधाज्ञा पुन १० दिनका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसि एमसिको हिजो बसेको बैठकले जिल्लामा पुन १० दिनका लागि निषेधाज्ञा थप गरिएको हो ।
विश्वभरि फैलिदैँ गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको दर कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गयराति १२ बजेदेखि साउन १० गते आइतबार राति १२ सम्म लागु हुने गरि जिल्लामा पुन निषेधाज्ञा थप गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
सावधानीका सम्पुर्ण उपाय अपनाएर मात्रा जिल्लाका बजार, दोकान, पसल, व्यापार, होटल, रेष्टुरेन्ट लगायत अन्य सबै व्यवसाय साँझ ७ बजेसम्म संचालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
निषेधाज्ञाको समयमा भिडभाड हुने कुनै पनि किसिमको सभा, सम्मेलन, विवाह ब्रतबन्ध, धार्मिक, साँस्कृतिक गतिविधिहरु अर्को आदेश नआएसम्म सञ्चालन गर्न नपाइने भएको छ ।
आम नागरिक, संघसंस्था, पेशाकर्मी लगायतस सबैलाई निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ । साथै आदेशको उलंघन गरेकम प्रचलित कानुन अनुसार कारबाहि हुने जनाइएको छ ।