image
image

बिपी प्रतिष्ठानको आन्दोलनमा प्रधानमन्त्री कार्यालयको चासो

काठमाडौँ, १, साउन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चासो देखाएको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई ४८ घन्टे अल्टिमेटम दिएका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले प्रतिष्ठानका उपकुलपतिसहित चारै जना पदाधिकारी बर्खास्त गर्न माग राखेका थिए।

माग पूरा नभएमा आजदेखि ओपिडी सेवा बन्द गर्ने आन्दोलनकारीले चेतावनी दिएका थिए।यसैबीच प्रधानमन्त्री कार्यालयले छलफलबाटै समस्याको समाधान खोज्न आन्दोलनरत पक्षसँग आग्रह गरेको छ। बिहीबार आन्दोलनरत पक्षसँग सम्पर्क गरेर प्रधानमन्त्री कार्यालयले उक्त आग्रह गरेको थियो।

बिहीबार बेलुकी प्रधानमन्त्री कार्यालयका उपसचिव भावनाथ खतिवडाले आन्दोलनकारीका नेतृत्वकर्ता डा। विष्णु पोखरेललाई फोन गरेर छलफलका लागि आग्रह गरेका हुन्। संयुक्त संर्ष समितिमा विद्यार्थी प्रतिनिधित्व गरिरहेका डा। अमृत जैसीले दिएको जानकारी अनुसार उपसचिव खतिवडाले छलफलमार्फत समस्या समाधानका लागि आग्रह गरेका थिए।

जवाफमा डा. पोखरेलले प्रतिष्ठानका चारै जना पदाधिकारीको पदमुक्ति आन्दोलनको न्यूनतम माग भएको दोहोर्याएका थिए। ‘प्रधानमन्त्री कार्यालयले छलफलका लागि हामीलाई आग्रह गरेको छ, हामीले हाम्रो माग दोहोर्याएका छौं’, डा। जैसीले भने ‘माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत छन्।’

प्रधानमन्त्री देउवालाई ४८ घण्टे अल्टिमेटम दिएका आन्दोलनकारीले आजदेखि दुई घण्टा ओपिडी सेवा बन्द गर्ने र विभिन्न अतिरिक्त जिम्मेवारीमा रहेकाहरुले पदाधिकारी बहिष्कार गर्ने घोषणा गरेका छन्। ‘अहिलेसम्म यी दुवै कुरा यथावत छन्’, उनले भने ‘कार्यक्रम परिवर्तन भएको छैन।’

३२ दिनदेखि प्रतिष्ठानमा आन्दोलन जारी छ। प्रतिष्ठान शुद्धिकरण आन्दोलनकारीको मुख्य माग छ। आन्दोलनकारीले पदाधिकारीसँग वार्ता नहुने, उनीहरुको पदमुक्ति, अनियमितताको छानबिन र दलीय पक्षधरताभन्दा प्राज्ञिक क्षमताका आधारमा पदाधिकारी नियुक्तिको माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।