नेपाली कांग्रेसले सहकारी बैंक खोल्ने
काठमाडौँ। नेपाली कांग्रेसले नेपाल सहकारी बैंक खोल्ने भएको छ । यसका लागि कांग्रेसले दर्ता फाईल सहकारी विभाग समेत बुझाईसकेको छ।
प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले अहिलेको बैंक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैकको आवश्यकता महसुस गरी दर्ता गर्न लागिएको बताए।
त्यस्तै, सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा समेत बैंकहरु स्थापना गर्न सकिने व्यवस्था छ। बैंक दर्ताका लागि ५ सय १ सहकारी संस्थाको फाइल पेश गर्नुपर्छ। जुन संस्था लगातार तीन वर्षदेखि नाफामा हुनुपर्छ। बैक स्थापना गर्न ३ अर्ब पुजी चाहिने व्यवस्था छ।