अब कोरोना संक्रमित हुनेले बीमा रकम नपाउने : बीमा समिति
काठमाडौँ ३१ असार । साउन १ देखि संक्रमित हुनेहरुले कोरोना बीमाको रकम नपाउने भएका छन्। २०७७ वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारपछि स्वतः सकिने हुँदा अब विमा रकम नपाउने भएका हुन् ।
तर असार मसान्तसम्म संक्रमित भएकाले साउनमा पनि आवेदन दिन सक्ने संघका महासचिव चंकी क्षेत्रीले जानकारी दिए। बीमा समितिका अनुसार हालसम्म ६० हजार ५८७ बीमितले ५ अर्ब ८५ करोड रुपैयाँ बीमा रकम प्राप्त गरेका छन्। ७ अर्ब ५८ करोड रुपैयाँ निकासीका लागि सरकारसँग आग्रह गरिएको छ। तर अर्थले सो रकम निकासा नदिँदा आवेदन स्वीकृत भइसकेका बीमितले समेत रकम पाउन सकेका छैनन्।
एक अर्ब निर्जीवन बीमा कम्पनीहरूले, एक अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड रूपैयाँ बीमकको महाविपत्ति पुलले, एक अर्ब बीमा समितिले खर्च बेहोरेका छन्। साढे तीन अर्ब रूपैयाँ यसरी जुटाएर बाँकी रकम नेपाल सरकारले बेहोर्ने गरी मापदण्ड तयार भएको थियो। तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ।