बन्द ११ एयरलाइन्सबाट ९ करोड उठाउन बाँकि, रकम चुक्ता नगरे सञ्चालकलाई कालोसूचीमा राखिने
काठमाडौँ माघ २६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको सार्वजनिक सुचनामा बन्द भएको एयर्लाइन्सहरुबाट मोटो रकम उठाउन बाँकि रहेको जानकारी दिएको छ । आन्तरिक उडानका ११ एयरलाइन्सबाट ९ करोड ६८ लाख रुपैयाँ उठान बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो ।
सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्क समेत बुझाउन प्राधिकरणले सञ्चालकहरुलाई निर्देशक पनि दिएको छ। यदि बाँकी शुल्क नतिरेमा सञ्चालकहरुलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ। यसरी कालोसूचीमा राखेपछि भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले बताएको छ।

| एयरलाइन्सको नाम | बाँकी रकम (रुपैयाँमा) |
| नेकोन एयर | 47060755 |
| शिवानी एयर | 5551053 |
| अल्पाइन एयर | 72728 |
| गोरखा एयर | 2035029 |
| कर्णली एयर | 1746300 |
| माउण्टेन एयर | 1273694 |
| कस्मिक एयर | 34758070 |
| सांग्रिला एयर | 1537800 |
| स्काईलाईन एयर | 1550400 |
| एयर काष्ठमण्डप | 738447 |
| नेपाल एयरवेज | 550054 |