कतारमा श्रमिकको न्युनतम तलब मार्चदेखि लागू हुने
काठमाडौँ । कतारमा श्रमिकको न्युनतम पारिश्रमिक आगामी मार्चदेखि लागू हुने भएको छ। कतार सरकारले ६ महिनाअघि नै अदक्ष श्रमिकको न्युनतम ज्याला एक हजार रियाल तोकेको थियो।
'मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्यान्वयन गर्नेछौं ।’उनले रोजगारदाताले आफ्ना श्रमिकलाई बैंकमार्फत तलब दिनुपर्ने बाध्यकारी नियम बनाएको बताए ।
कतारले २०२० को कानुन नम्बर १७ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । तथापी घरेलु श्रमिकको हकमा पनि यो लागू हुने उनले बताए । साथै तलब नपाएका श्रमिकले रोजगारी परिवर्तन गर्न रोजगारदाताको अनुमति (रिलिज पेपर) लिनु नपर्ने , न्युनतम मासिक तलब १ हजार,खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ।
यदि खाना र आवासको सुविधा दिए एक हजार रियाल मात्रै तलब दिए हुन्छ।यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्ने बिश्वास गरिएको छ।