image
image

मुलुकभर बाढी र पहिरोले हजारौं किसान प्रभावित

काठमाडौं, ३१, असार । बाढी, पहिरो र डुवानका कारण मुलुकभरका संयौं किसानले अर्बौको क्षति व्यहोर्नु परेको छ । केही हप्ता मात्रै बाढीका कारण थला परेको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार क्षेत्रमा ठूलो मात्रामा खेतीयोग्य जमिन बगरमा परिणत भयो भने लगाएको बालीनाली सबै सराख पार्यो ।

त्यसक्षेत्रका किसानलाई यसपालीको प्राकृतिक विपत्तिले सबैभन्दा ठूलो क्षति पुर्याएको छ । यद्यपी, क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । मेलम्ची नगरपालिकाका अनुसार, त्यसक्षेत्रमा ठूलो परिमाणमा खेतीयोग्य जमिन र बालीनालीको क्षति पुगेको छ । 

सिन्धुपाल्चोकमा मात्रै होइन्, अविरल बर्षाका कारण विभिन्न पहाडी तथा तराईका जिल्लाका किसानले लगाएको बालीनाली र कृषिउपजमा ठूलो क्षति पुर्याएको छ । एक त कोरोना महामारीबाट पिल्सिएका किसानले जेठ लागेसँगै बाढी, पहिरोले गराएको क्षति ब्यहोर्नुपर्यो । देशका विभिन्न जिल्लाका किसानलाई बाढी र पहिरो अभिशाप बनेको छ । सरकारले किसानलाई चाहिने जति मल पर्याप्त छ, अभाव हुँदैन भन्यो । तर, कोरोना महामारीका बेला खेती लगाउने सिजनमै किसानले मल पाएनन् । 

किसानले बर्खे सिजनको खेती लगाउने बेलैमा आइपरेको प्राकृतिक विपत्तिले किसानको क्षति पुर्यायो, सरकारले त्यसको यकिन समेत गर्न सकेको छैन् ।तराईका जिल्लामा व्यवसायिक रुपमा ठूलो परिमाणमा तरकारी खेती गर्ने किसानलाई पनि प्राकृतिक विपत्तिले पिरोल्यो । एक त हावाहुरीले तरकारीबालीमा क्षति पुर्यायो, कहीँ खेतबारीमै बाढी पसेर । 

त्यति मात्र होइन, उत्पादित तरकारी बजारमा पुर्याउन पनि किसानलाई सकस पर्यो । बुटवलदेखि काठमाडौं कालीमाटी तरकारी बजारमा ल्याउन तीन÷चार दिन लाग्यो । धेरैजसो किसानको तरकारी कालीमाटीमा ल्याइ पुर्याउँदा तरकारी सड्ने र बिग्रने गरेको कालीमाटी फलफुल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराइले बताए ।

दाउन्ने, नारायण–मुग्लिन र अन्य विभिन्न ठाउँमा झरेको पहिरोका कारण तरकारी बोकेका गाडी लामो समय जामममा फसे । कतिपय किसानको तरकारी बिचमै कुहिने र बिग्रदा काठमाडौं उपत्यकामा हुँदै आएको तरकारीको आपूर्ति प्रणालीमा समेत असर देखियो । तरकारी मूल्य पनि एक्कासी बढ्यो । र, अहिले पनि बर्षा हुने क्रम रोकिएको छैन, तरकारीको मूल्य पनि घटेको छैन् । 

समग्रमा कोरोना महामारीका बेला बजारीकरणको समस्या र प्राकृतिक विपत्तिले हजारौंको संख्यामा विभिन्न जिल्लामा रहेको किसानहरु प्रत्यक्ष मारमा परेका छन् । यसप्रति तालुकदार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पनि त्यसतर्फ ध्यान गएको देखिँदैन् ।

प्राकृतिक विपत्तिबाट क्षति ब्यहोरेका किसानले क्षतिपूर्ति र सरकारी राहतको प्रतिक्षामा छन् । तर, सरकारले वास्तविक विपद्बाट पीडित किसानको विवरण संकलन समेत गरेको छैन् । मन्त्रालयका कर्मचारीहरु भने विपतबाट क्षति ब्यहोरेको किसानले छिट्टै नै क्षतिपूर्ति पाउने ओठे जवाफ फर्काउँछन् । 

‘यो महामारी र विपद्बाट क्षति व्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति दिन्छ । कति किसानले क्षति ब्यहोरे त्यसका यकिन तथ्यांक संकलन भइरहेको छ’ मन्त्रालयका सचिव डा। योगेन्द्रकुमार कार्की भन्छन, ‘अर्को वर्षदेखि किसानलाई  के कसरी क्षतिपूर्ति दिने भनेर छलफल गरिरहेका छौं ।’ 

यसअघि असार २७ गते राष्ट्रि किसान आयोग पनि एक विज्ञप्ती जारी गर्दै प्राकृतिक विपत्तिबाट क्षति ब्यहोरेका किसानको यर्थाथ विवरण संकलन गरी राहत कार्यक्रम ल्याउन सरकारलाई निर्देशन दिइसकेको छ । आयोगले पनि बाढी, पहिरो र डुवानका कारण देशभरका किसानले अर्बौभन्दा बढीको क्षति व्यहोर्नुपरेको निष्कर्ष निकालेको थियो ।

आयोगका अध्यक्ष डा। प्रेमप्रसाद दंगालले विपत्तिबाट पीडित किसानका लागि कृषि व्यवसायको पुर्नस्थापना, रोजगारीको व्यवस्था र किसानलाई प्रोत्साहनका विशेष कार्यmक्रम घोषणा गर्न आग्रह गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।