नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग
काठमाडौँ, ३० असार । ‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संसद्मा नमूना सांसद नवीना पाठकले छिमेकी मुलुक भारतले नेपालका विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको जनाउँदै कूटनीतिक तरिकाले समाधान गर्न माग गर्नुभयो । अर्का नमूना सांसद चेतन भट्टराईले भारतसँग गरिएका असामान सन्धि खारेज गर्न माग गर्नुभयो ।
नमूना सांसदले उठाएका प्रश्नका जवाफमा नमूना प्रधानमन्त्री स्मृति बरालले सीमा अतिक्रमण र असमान सन्धिका विषयमा सरकारले कूटनीतिक प्रयासमार्फत समाधान गर्ने आश्वासन दिनुभयो । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा गत वर्ष मात्र सरकारले सार्वजनिक गरेको र अब अतिक्रमण भएका क्षेत्रमा गई सीमा समस्या समाधान गरिने बताउनुभयो ।
नमूना गृहमन्त्री सुरेन्द्र गिरीले नेपालले आफ्नो एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने नमूना संसद्मा जानकारी गराउनुभयो ।
यस्तै आज शून्य र विशेष समयमा उनीहरुले युवा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गरेका हुन् । नमूना सांसद अमृता लम्सालले मुलुकमा रोजगारी नहुँदा लाखाँै युवा विदेश जानुपर्ने बाध्यता भएकाले मुलुकमा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गर्नुभयो । नमूना सांसद मनोज भण्डारीले दैनिक एक हजार ५०० युवा विदेश जान बाध्य भएकाले स्वदेशमा नै रोजगारी उपलब्ध गराउन माग गर्नुभयो ।
नमूना सांसद मुना सुनारले युवतीमाथि बलात्कारका घटना दिनहँु बढेकाले रोक्न माग गर्नुभयो । अपराधीलाई कारबाही नगर्दा किशोरीमाथि बलात्कारका घटना बढिरहेको उहाँको भनाइ थियो ।
नमूना सांसद खेमराज अवस्थीले मुलुकमा कोरोना भाइरसको महामारी बढेकाले रोकथाम र नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले कोभिड–१९ का कारणले विद्यार्थीको पठनपाठन पनि हुन नसकेकाले सरकारले सबै शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गर्नुभयो ।
नमूना सांसद जीवन आचार्यले कर्णाली प्रदेशका युवालाई सीप र क्षमतानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गर्नुभयो ।
नमूना युवा प्रधानमन्त्री बरालले सरकारले युवा स्वरोजगारीमुखी कार्यक्रम ल्याउन थालेको जानकारी दिनुभयो । उहाँले युवा सीप र क्षमताबाट दक्ष बनाएर करीब एक लाख युवालाई यस वर्ष स्वरोजगार बनाइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारले युवालाई स्वरोजगार बनाउनका लागि छुट्टाछुट्टै बजेटसमेत विनियोजन गरेको बताउनुभयो । नमूना प्रधानमन्त्री बरालले विदेश जाने युवालाई तालीम दिएर मात्र पठाइने जानकारी दिनुभयो ।
राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराई भर्चुअल माध्यमबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाले ‘सङ्घीय नमूना युवा संसद्’ सञ्चालन गराएको हो ।