तामझामसहित बालकोट फर्किए ओली
काठमाडौँ, ३०, असार । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीकै गाडी लिएर बालकोट फर्किएका छन्। उनी तामझामसहित प्रधानमन्त्री चढ्ने गाडीमा बालुवाटारबाट निस्किएका थिए। ‘बालुवाटारमा प्रधानमन्त्रीका लागि २/३ वटा गाडी छन्। तीमध्ये एउटा गाडी लिएर ओली बालकोट पुगेका छन्’, सुरक्षा स्रोतले भन्यो।
सुरक्षाकर्मीहरु पनि बाक्लो संख्यामा अघिपछि थिए।
‘शेर बहादुर देउवाले मंगलबार नै पदभार सम्हालिसकेको अवस्थामा ओली यसरी निस्कनु निवर्तमान प्रधानमन्त्रीका लागि शोभनीय थिएन। तर उहाँले प्रधानमन्त्रीकै जसरी गाडी र सुरक्षाकर्मी लिएर जानु भयो’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।
बालकोटस्थित निवासमा ओलीका गाडीहरु नभएका भने होइनन्।
झरीका बीच समर्थकहरुको घेराबीच ओली बालुवाटारबाट बालकोट पुगेका थिए। बाजागाजासहितको टोली पनि थियो। युवा संघ, युथ फोर्सलगायत एमालेनिकट संगठनहरुले ‘आईएम विथ केपी ओली’ उल्लेखित ‘कट आउट’ मोटरसाइकल र गाडीमा राखेर र्याली निकालेका थिए।
ओलीले लिएर गएको प्रधानमन्त्रीको गाडि र सुरक्षाकर्मी बुधबारसम्म फिर्ता हुने बुझिएको छ। दोस्रोपटक गरेको संसद विघटनसमेत सर्वोच्च अदालतले उल्टाई दिएपछि ओली बालुवाटारबाट बाहिरिन बाध्य भएका हुन्।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशसमेत दिएको थियो।
ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको ठहर सर्वोच्च अदालतको छ।