image
image

विदेश पढ्न जाने विद्यार्थीको संख्या घट्यो

काठमाडौँ, ३०, असार । कोरोना भाइरस संक्रमण महामारी (कोभिड–१९)का  कारण विदेश पढ्न जाने विद्यार्थीको संख्या अघिल्ला वर्षहरूको तुलनामा आधाभन्दा बढी घटेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २५ हजार ४ सय ५१ जनाले मात्रै वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

कोरोना भाइरस संक्रमण महामारी सुरु हुनुभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार विद्यार्थीले एनओसी लिएका थिए । २०७७ माघदेखि नेपालमा पनि कोरोना संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्ष (२०७६/७७) मा ३४ हजार विद्यार्थीले मात्रै एनओसी लिए । कोरोनाका कारण एनओसी लिने विद्यार्थीको संख्या घटेको शिक्षा मन्त्रालयअन्तर्गत वैदेशिक अनुमतिपत्र शाखाका प्रमुख नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

सरकारले नै एनओसी वितरणमा रोक लगाएको, नेपाललगायत देशबाट अन्तरदेशीय उडान रोकिएको र सीमानाकाहरू पनि बन्द भएका कारण एनओसीमा लिनेको संख्यामा कमी आएको उनले जनाए । यो तथ्यांकमा विदेशमा अध्ययनकै क्रममा अध्ययनको पाठ्यक्रम, विषय तथा तह परिवर्तन गर्ने विद्यार्थीको संख्या पनि समावेश छ । एनओसी लिएकामध्ये विश्वविद्यालयमा भर्ना भएका सबै विद्यार्थी कोरोनाका कारण सम्बन्धित मुलुक भने पुग्न पाएका छैनन् । कोरिया जान नपाएका करिब डेढ सय विद्यार्थी सम्बन्धित मुलुक जान नपाएको भन्दै शिक्षा मन्त्रालयका आएका थिए । जापान, चीन, अस्ट्रेलियालगायत मुलुकका लागि एनओसी लिएका विद्यार्थी पनि त्यहाँ पुग्न पाएका छैनन् ।

गत वर्ष सरकारले यी सबै देशको एनओसी वितरणमा रोक लगाएको छ । कोभिडको दोस्रो लहरका कारण यसपालि जापान, कोरिया, चीन, बंगलादेश र अस्ट्रेलियाका लागि मात्रै एनओसी दिन रोक लगाइएको थियो । लकडाउन खुकुलो भएपछि असार ३० गतेदेखि यी देशका लागि पनि एनओसी खुला गरिएको पोखरेलले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।