image
image

ओलीलाई बालकोटसम्म कार्यकर्ताले स्कर्टिङ गर्ने, सडकमा बढाइए ट्राफिक

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोटसम्म पुर्‍याउन कार्यकर्ताले स्कर्टिङ गर्ने भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापन निकै सकस बन्ने भएको छ।

ओलीलाई बालुवाटार छोडेर बालकोटस्थित निवास फर्किँदा कार्यकर्ताले तीन हजार मोटरसाइकल र दुई हजार गाडीले स्कर्टिङ गर्ने दाबी गरिएको छ।

युवा संघका इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा स्कर्टिङ गरी ओलीलाई कौशलटारबाट नागरिक अभिनन्दनसहित निवास पुर्‍याउने योजना छ।

महानगरीय ट्राफिक महाशाखाले जुलुसलाई मध्यनजर गरी काठमाडौंका सडकमा ट्राफिक प्रहरीको संख्या बढाएको छ।जुलुस बालुवाटारबाट रत्नपार्क, माइतीघर, बानेश्वर हुँदै कौशलटार पुग्ने भनिएको छ।

‘भरसक जाम कम होस् भनेर हामीले ट्राफिक व्यवस्थापन मिलाएका छौं,’ महाशाखा प्रवक्ता एसपी सञ्जीव शर्मा दासले भने। उनका अनुसार चार जना प्रहरी नायब उपरीक्षक र १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा सडकमा सुरक्षा तैनाथी मिलाइएको छ।

अहिलेसम्म बालुवाटारबाट प्रधानमन्त्री निस्केका छैनन् र युवा संघले भनेजस्तो संख्यामा सवारीसाधन पनि छैनन्।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।