image
image

न्यूनतम पारिश्रमिक घटाउन तीन व्यावसायिक सङ्गठनको सरकारसँग माग

काठमाडौँ २९ असार । न्यूनतम पारिश्रमिक घटाउन निजी उद्योग तथा व्यावसायिक क्षेत्रका तीन व्यावसायिक सङ्गठनले सरकारसँग माग गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र उद्योग परिसंघले यस्तो माग गरेको हो ।

सङ्गठनहरूले आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले परिमार्जन गरेको न्यूनतम पारिश्रमिक १५ हजारको साटो पुरानै १३ हजार ४५० रूपैयाँलाई नै कायम गर्न आग्रह गरेका हुन् ।

संयुक्त सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यूनतम पारिश्रमिक भन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हुँदा न्यूनतम पारिश्रमिकमा भएको वृद्धि रकम सबैले पाउनु पर्छ भन्ने होइन । कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठुलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुवैको बचाउ गर्नु पहिलो आवश्यकता हो । यसर्थ सङ्कटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरुत्थान र पूर्ववत् अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प छैन । औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाँडो बाहिर निस्कन तथा निर्बाध रूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पु¥याउन सम्पूर्ण श्रमिकहरू सहित सबैमा हामी निजी क्षेत्र सरकारसँगै सम्पूर्णमा आग्रह गर्दछौँ ।’
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।