image
image

२ अर्बको नागरिक बचतपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब रूपैयाँ बराबरको नागरिक बचत पत्र जारी गर्ने भएको छ । सरकारलाई आन्तरिक ऋण उठाइदिने क्रममा राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्न लागेको हो । 

वार्षिक ९ प्रतिशत ब्याज दिने गरी माघ २७ गतेदेखि उक्त बचतपत्र बिक्री खुला गरिने राष्ट्र बैंकले जनाएको हो । बचतपत्रको आवेदन फागुन १८ गतेसम्म दिइसक्नु पर्नेछ । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिन्छ । यसमा नागरिक भन्दाबाहेक संस्थाले लगानी गर्न पाउँदैनन् ।

बैंकले २५ फागुन २०८२ मा साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षकको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।