image
image

एनआईसी एशिया बैंकको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट

काठमाडौं २९ असार । एनआईसी एशिया बैंक लिमिटेडले असार ६ गतेबाट विक्री खुला गरेको ऋणपत्र आज बाँडफाँट गरेको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको अनुसार योग्य आवेदकहरुको प्राप्त भएका आवेदनबाट आज ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।बैंकले १० वर्षे अवधिको ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८८’ को नाममा ऋणपत्र निष्काशन गरेको हो ।

बैंकको अनुसार ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र १८ लाख कित्ता व्यक्तिगत तवरबाट संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।