ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा
चरिकोट। दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गाउँपालिकाले यहि २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रवद्र्धन गर्न सार्वजनिक बिदा दिने घोषणा गरिएको बताए।
त्यस्तै बनेपा–काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए ।