image
image

२०८ औँ भानुजयन्ती मनाइँदै

काठमाडौं, २९, असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आजको २०८ औं जन्मजयन्ती हो । देशको राजनीतिक घटनाक्रम तथा कोरोना महामारीका कारण यस वर्षको भानु जयन्ती औपचारिकतामा मात्र सीमित भई मनाइएको छ । 

विगतका वर्षहरुमा विद्यालय, क्याम्पसहरुलगायत विभिन्न संघ संस्थाले भानु जयन्ती उत्सवका रुपमा मनाउने भएपनि यसवर्ष भने यस्ता कार्यक्रमहरु छैनन् । भानुभक्तले भग्वान रामको जीवनी रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेको बताइन्छ ।

विं।स १८७१ मा तनँहुको चूँदी रम्घा भन्ने स्थानमा उनको जन्म भएको हो । भानुभक्त नेपाली भाषाका प्रथम कवि हुन् । कविता तथा औपचारिक साहित्यहरु संस्कृत भाषामा लेखिने समयमा उनले नेपाली भाषामा कविता लेख्न थालेको हुन् । त्यसैले पनि उनलाई आदिकवि भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।