स्रोत नखुलेको ४९ लाख नगदसहित दुई भारतीय पक्राउ
कलैया। बाराको दशगजा क्षेत्र नजिक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवारलाई चेकजाँच गर्दा नगद ४९ लाख रूपैयाँ बरामद भएको छ। कपडाको झोलामा बोकेको उक्त रकमको स्रोत खुलाउन नसक्दा प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको हो ।
फेटा गाउँपालिका-५ जोतपुर टोलमा दशगजा क्षेत्र नजिकको सडक खण्डमा प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा दुई भारतीयले बोकेको झोलाबाट नगद बरामद भएको डीएसपी गौतम मिश्रले बताए।
बीआर ०५थ ६४१७ नम्बरको मोटरसाइकलसहित त्यसमा सवार विहारको मोतिहारी थाना हंसपुर ग्राम पञ्चायत-१० घोडासहानका २६ वर्षीय अरविन्द महतो र १४ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कपडाको झोलामा बोकेको एक हजार दरको एक हजार ९२३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र रु ५० को १०० थान रुपैयाँ बरामद भएको हो।
यसबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ गरिएका दुवै जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग काठमाडौंमा पठाउने भएको छ।