नेप्से हालसम्मकै उच्च बिन्दुमा, शेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड
काठमाडौँ । शेयर कारोबार नेप्सेमा साताको पहिलो दिन दुई नयाँ रेकर्ड कायम भएको छ । आइतबार नेप्से ४८.७४ अंकले बढेर दुई हजार पाँच सय २४ विन्दुमा पुगेको छ । जुन विन्दु हालसम्मकै उच्च हो । यसअघि माघ २१ गते बुधबार नेप्से दुई हजार पाँच सय १५ दशमलब ११ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, आज नेप्सेमा सर्वाधिक कारोबार भएको छ । आज नेप्सेमा १० अर्ब ४४ करोडको कारोबार भएको छ । त्यसैगरि, आज अधिकाशं लघुवित्त कम्पनीको मूल्यमा उछाल आएको छ । आज उच्च शेयरमूल्य बृद्धि हुने क नेम्पनीहरुमा गणपति माइक्रोफाइनान्स वित्तिय संस्था, डिप्रोस लघुवित्त वित्तिय संस्था, मञ्जुश्री फाइनान्स, मेरो माइक्रोफाइनान्स, सारथीपाल लघुवित्त, आरएसडिसि लघुवित्त र समिट लघुवित्ति वित्तिय संस्था रहेका छन् ।
त्यसैगरि, आज फस्ट माइक्रोफाइनान्स, छिमेक लघुवित्त, मिथिला लघुवित्त वित्तिय संस्था, मिर्मिरे माइक्रोफाइनान्स, घलेम्दी हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी र निर्धन उत्थान लघुवित्तका लगाीकार्ता मालामाल भएका छन् । जसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेका छन् ।
आज बीमा कम्पनीको शेयरमूल्यमा पनि उच्च बृद्धि भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, इनइलजी इन्स्योरेन्स, प्रडुन्सियल इन्स्योरेन्सको मूल्यमा उच्च बृद्धि भएको छ ।