image
image

दोलखामा स्वास्थ्यकर्मी आक्रमणमा संलग्न धरौटीमा रिहा

काठमाडौँ, २८, असार । स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेहरुलाई जिल्ला अदालत दोलखाले  धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि आरोपित चारै जना जनही १० हजार धरौटी बुझाएर रिहा भएका छन् । 

असार १२ गते राती मदिरा सेवन गरी जिल्लाको  तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा संचालनमा रहेको मालु कोभिड  अस्पताल प्रवेश गरी कोभिड अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजार माथि आक्रमण गरेका थिए ।

घटना लगत्तै प्रहरीले आक्रमणमा संलग्नको आरोपमा दोलखाको तामाकोशी  गाउँपालिका वडा नम्वर ४ मालुका गोपाल तिम्लसिना,बिजुले दमाई,रोसन पोखरेल र कुमार श्रेष्ठलाई प्रक्राउ गरी स्वास्थ्य संस्था विरुद्धको कसुरमा जिल्ला अदालत दोलखामा  मुद्दा दर्ता गराएको थियो ।

प्रक्राउ परेका ४जनालाई जनही १० हजार रुपैयाँ धरौटीमा  रिहा गरिएको जिल्ला अदालत दोलखाका श्रेष्ठेदार शिव पोखरेलले  जानकारी दिनुभयो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।