image
image

अब कुमारी स्मार्ट मार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने 

काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत आन्तरिक विप्रेषण (Domestic Remittance) पठाउन मिल्ने व्यवस्था ल्याएको छ ।

नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा शुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् ।

ग्राहकवर्गले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोलि कुमारी रेमिट फिचरमा क्लिक गरि प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् । यसका न त् कुनै फारम, कागजात भर्नु पर्ने र न त कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।