image
image

पाकिस्तानी दलालबाट टर्कीमा अपहरण परेका ६ नेपाली सकुशल

काठमाडौँ, २८, असार। टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा अपहरणमा परेका ६ नेपाली युवायुवतीले आफू सकुशल भएको जानकारी गराएका छन्। उनीहरूले पाकिस्तानी नागरिकले आफूलाई अपहरण गरेको र कान्छा तामाङको सहयोगमा टर्कीस प्रहरीले उद्धार गरेको बताए।

४ महिला र २ पुरुष गरेर ६ नेपालीलाई टर्कीको इन्सेलरमा बन्दी बनाएको खबर प्रकासित गरेको थियो। घटना एक महिनाअघिको भएको पिडित पक्षले जानकारी दिएको हो।

‘टर्कीबाट ग्रीस जाने क्रममा पाकिस्तानीले हामीलाई अपहरण गरेर एक दिन बन्दी बनाए,’ अपहरणमुक्त भएका एक युवाले जानकारी दिँदै भने, ‘पाकिस्तानीले अपहरण गरेपछि कान्छा तामाङमार्फत फिरौती रकम माग गरेका रहेछन्। उहाँले यो खबर थाहा पाएपछि टर्कीस प्रहरीमा उजुरी दिनुभयो। यसपछि टर्कीस प्रहरीको अपरेशनमा हामी अपहरणमुक्त भएका हौं।’

उनले मिडियाहरूमा प्रकासित भएजस्तै कान्छा तामाङले आफूहरूबाट लेनदेन नभएको स्पस्ट पारे। ‘अहिले हाम्रो अवस्था राम्रो छ। घरपरिवार तथा इस्टमित्रलाई तनाव नलिन आग्रह गर्दछु,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।