image
image

मेरिना श्रेष्ठ केन्द्रीय कारागारबाट रिहा

काठमाडौँ, २८, असार । १९ वर्षीया ख्याति श्रेष्ठको हत्यामा संलग्न मेरिना शाक्य  कारागारबाट रिहा भएकी छिन् । सोमबा (आज) बिहान केन्द्रीय कारागारबाट उनी रिहा भएको जेलर लक्ष्मी बाँस्कोटाले बताए ।   

जिल्ला अदालत काठमाडौँले २०६७ मङ्सिर ३ मा उनलाई हत्या मतियारमा १३ वर्ष ४ महिना कैद सजाय तोकेको थियो । कारागारभित्रको महिला स्कुलमा शिक्षण गरेको र राम्रो आचरण भएको हुनाले मेरिनाले १ वर्ष ४ महिना कैद सजाय छुट पाएर रिहा भएकी हुन् ।

एसएलसीको परीक्षा दिएपछि जेल परेकी मेरिनाले केन्द्रीय कारागारबाट वाणिज्य शास्त्रमा स्नातकोत्तरको सर्टिफिकेट बोकेर घर फर्केकी छिन् । कारागार भित्रको महिला स्कुलका विद्यार्थीहरूले उनलाई बिदाइ गरेका छन् ।

२०६६ जेठ २२ मा ख्यातिको अपहरणपछि हत्या गरिएको थियो । ख्यातिको शवका टुक्रा काठमाडौँ, ललितपुर र चितवनमा फेला परेको थियो । हत्यामा संलग्न मुख्य अभियुक्त वीरेन श्रेष्ठ नख्खु कारागारमा छन् । उनलाई अदालतले सर्वस्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।