image
image

क्षमताभन्दा बढी समान बोक्ने सवारीलाई कारवाही 

काठमाडौँ । क्षमताभन्दा बढी समान बोक्ने सवारीलाई कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागमार्फत चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल निर्माण गरि बढी समान बोक्ने सवारीलाई जरिवाना गरि कारवाही गर्न लागिएको हो।  

ती पुलमा तौल जाँच गराएर मात्र मालबाहक सवारीलाई गन्तव्यतिर पठाईने छ । जसका लागि ट्राफिक तथा विभागका कर्मचारीहरुलाई खटाईने छ । सुरुमा क्षमताभन्दा बढी सामान बोक्ने सवारीलाई सम्झाउने र पछि जरिवानासहित त्यस्ता सवारीलाई कारबाहीको दायरामा ल्याउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। तौल पुल चौबीसै घण्टा सञ्चालनमा आउनेछन् । 

अब सवारीको चक्काअनुसार सडकले धान्ने गरी मात्र सामान बोक्न दिइनेछ । पुलमा एक पटकमा ८० टनसम्म तौल जाँच्न सकिने उनले जानकारी दिए । भन्सारबाट आउने ट्रक, ट्रिपरले १७/१८ टनसम्म बोक्ने भनिए पनि २१/२२ टनसम्म सामान ल्याउने गरेको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । तिनीहरूलाई ट्राफिक प्रहरीले जरिवाना गरी कारबाहीको दायरामा ल्याउने गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।