इद मनाउन ओमनमा एकसाता बिदा
काठमाडौँ, २८, असार। ओमन सरकारले इदको अवसरमा एक साता लामो बिदा दिने भएको छ। ओमनका सम्राट सुल्तान हैथाम बिन तारिकको शाही आदेश बमोजिम इद अल–अधा (बक्र)को अवसरमा १८ जुलाइदेखि २२ जुलाईसम्म बिदा दिइने निर्णय गरेको छ। शुक्रबार र शनिबार हप्तान्त भएकोले सोसहित बिदा लामो हुन गएको हो।
सो बिदा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका संघ–संस्था, कम्पनी तथा सम्पूर्ण श्रमिकको हकमा लागू हुनेछ।ओमनमा रहेका नेपाली श्रमिकहरुले पनि इद अल–अधा (बक्र)को एक साता लामो बिदा पाउने भएका छन्।सो विदापछि ओमनका सम्पूर्ण कार्यालयहरु २५ जुलाइ, आइतवार मात्रै सञ्चालन हुनेछन्।
त्यस्तै, रोजगारदाता र श्रमिकहरूको आपसी सहमतिमा यस विदाको सट्टामा क्षतिपूर्ति (विदामा काम गरेवापतको अतिरिक्त भत्ता) गर्न चाहेमा सो गर्न सकिने बताइएको छ।