image
image

छिमेकी राष्ट्र चिन नेपाललाई सबै किसिमको सहयोग गर्न तत्पर 

काठमाडौँ, २८, असार । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाललाई सबै किसिमका सहयोग गर्न चीन तत्पर रहेको बताएकी छन् । सोमवार अन्लाइन पत्रकार सम्मेलन गर्दै राजदूत होउले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा नेपाल महत्त्वपूर्ण साझेदार रहेको बताउँदै चीन र नेपालबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यले सकारात्मक प्रगति गरेको बताइन् । 

चाइना एड दरबार हाईस्कूल पुनर्निर्माण परियोजना सम्पन्न भएर नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको उनले बताइन् । टोखा–छहरे सुरुङ परियोजनाको सम्भाव्यता पूर्व अध्ययनको काम सकिएको पनि उनको भनाइ छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा राम्रो प्रगति भइरहेको उनको भनाइ छ । चाइना एड अरनिको राजमार्गको दीर्घकालीन मर्मत परियोजना पनि शुरू भइसकेको जानकारी उनले दिइन् । 
 
हिमालयपार बहुपक्षीय सम्पर्क सञ्जालले पनि क्रमशः आकार लिइरहेको उनको भनाइ छ । 

चीनले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको पनि राजदूत होउले उल्लेख गरेकी छन् । नेपालले खरिद गरेको खोपहरूको पहिलो जत्था आइसकेको उनले बताइन् । 

अन्तर्राष्ट्रिय मञ्चहरूमा चीनको पक्षमा नेपालले बोलेको कुरालाई राजदूत होउले प्रशंसा गरेकी छन् । 

चिनियाँ कम्युनिस्ट पार्टी नेपाल लगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरूसँग मिलेर काम गर्न तयार रहेको उनको भनाइ छ । 

राजदूत होउले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा देशले निरपेक्ष गरीबीबाट मुक्ति पाएको स्मरण गराइन् ।

पार्टीले कोरोना महामारी नियन्त्रणमा पनि सफलता हासिल गरेको उनको बताइन् । आत्मसुधार गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको चरित्र रहेको र यसले पार्टीलाई शुद्ध गर्न र सुधार ल्याउन सहयोग गरेको उनको भनाइ छ । 

गत साता चिनियाँ कम्युनिस्ट पार्टीले संसारभरिका ५०० राजनीतिक दल तथा अन्य संगठनसँग गरेको बृहत् भेलामा राष्ट्रपति सी चिनपिङले बहुपक्षीयतावादलाई केन्द्रमा राखेर मानवजातिको समस्या हल गर्नमा जोड दिएको बताइन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।