image
image

बाख्रापालन कृषलाई बोयर बोका उपहार 

काठमाडौँ, २८, असार । जिल्लाको बर्दिबा नगरपालिकाका बाख्रापालक किसानले उाँत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशाृद्धि नगरपालिकाले वडैपिच्छे बीउका लागि एक–एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए । 

वरपर बाक्लै वनक्षेत्र रहेको बर्दिबास नगरक्षेत्रमा बाख्रापालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ । किसानलाई व्यावसायकिरुपमै बाख्रापालनतर्फ आकर्षित गरारउन बीउको बाृयर बोका वडैपिच्छे एक–एकवटा दिइएको नग कार्यपालिकाको कार्यालयले जनाएको छ । 

बोका पाल्ने किसानले पालेको व्यवस्थापकीय खर्च जुटाउन प्रतिबाख्रा प्रजननबापत बढीमा रु २५० लिन पाउने गरी नियम बाँधिएको जनाइएको छ । वडैपिच्छे एक–एकवटा बीउ बोका पुर्याउन खरिददेखि ढुवानीसमेत १४ वटा बोकामा रु १४ लाख १० हजार खर्च भएको पराजुलीले जानकारी दिए । अब चार महिनापछि प्रजनन क्षमताका हुने बोयर बोकाले नगर क्षेत्रका उन्नत जातका बाख्राको वंश वृद्धि हुने नगर कार्यपालिकाको कार्यालयको अपेक्षा छ । खादिलो जिउडालको हुने बाख्रामा बोयर जात उन्नत र चाँडै मासु बढ्ने मानिएको छ । 

वडैपिच्छे वितरण गरिएका बोयर बोका बाट एक वर्षधित्र बस्ती बस्तीमा उन्नत जातका पाठापाठी धेरै मात्रामा वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए । बीउका लागि उन्नत जातको बोयर बोका आफ्नै बस्तीमा पाएपछि बाख्रापालक किसान उत्साहित भएका छन् । नगर कार्यपालिकाको कार्यालयले एक सातापहिलेमात्र नगरक्षेत्रका विभिन्न् कृषक समूहमा आबद्ध किसानलार्य सम्बन्धित वडा समितिको सिफारिसमा मासुजन्य पशु प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५० राँगा र २५० वटा बाख्रा वितरण गरेको थियो । सो कार्यक्रम सङ्घीय सरकारको साझेदारीमा गरिएको पराजुलीले जानकारी दिए । 

यो कार्यक्रमबाट कृषक समुहमा आबद्ध १०० परिवार किसान लाभान्वित भएका छन् । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।