image
image

सशस्त्र प्रहरी भन्दै रकम असुल्ने एक जना पक्राउ

काठमाडौँ, २८, असार । सशस्त्र प्रहरी भन्दै धम्क्याएर रकम असुलेको आरोपमा प्रहरीले सोमबार धनपालथानबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अुनसार सीमाक्षेत्रमा रकम असुलीमा संलग्न रंगेली नगरपालिका–२ का २० वर्षीय मनीष रायलाई पक्राउ गरिएको हो ।  

भारतबाट नेपालमा तस्करी गर्न सघाइदिने भनी रकम उठाउँदै हिँडेका रायलाई सीमा प्रहरी चौकी मायागन्जको टोलीले धनपालथान–३ मायागन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए । रायले सीमा क्षेत्रमा अनेक बहानामा धम्काएर रकम उठाउँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ, उनले भने, के कति रकम कहाँ–कहाँबाट उठाएको हो, अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।