वैदेशिक रोजगारी: घट्दै श्रमिकको माग
काठमाडौँ । कोरोना संक्रमणका कारण अस्तव्यस्त भएको विश्वमा पछिल्लो समय केहि चहलपहल देखिन थालेको छ । कोरोनाको संक्रमणदर कम हुँदै गएपछि चहलपहल देखिन थालेको हो । सबैकुरा पहिले झैँ सामान्य हुँदै गइरहेको अवस्थामा कतिपय मुलुकहरुले भने वैदेशिक रोजगारीका लागि अझै पनि अपेक्षाकृत रूपमा कामदारको माग पठाउन सकेका छैनन् ।
कोभिड संक्रमणपछि रोकिएको वैदेशिक रोजगारीको मागलाई सुचारु गर्न सरकारले मागपत्र प्रमाणीकरणको काम सुरु गरेपनि श्रम गन्तव्यमा आर्थिक क्रियाकलाप बढ्न नसक्दा नेपाली युवाको माग आउन नसकेको हो । खाडीका कतार, साउदी अरब, यूएई, बहराइन र ओमानमा रहेका नेपाली नियोगले रोजगारदाताले पठाएको मागपत्र प्रमाणीकरणको काम सुरु गरेपनि न्यूनमात्र निवेदन परेको छ ।
त्यसैगरि नेपालीको प्रमुख रोजगारीको गन्तव्यको रुपमा रहेको मलेसियाले अगस्टभन्दा अघि नेपाली श्रमिक नलिने बताएको छ । नेपाली श्रमिकको धेरै माग हुँदै आएका श्रम गन्तव्य बहराइन, ओमान, कतार, यूएई र साउदी अरबले हाल प्रमाणीकरणको काम गरिरहेका छन् ।वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ प्रमुख पाँच श्रम गन्तव्यले भने विदेशी श्रमिक लिन सकारात्मक भएको भएपनि कोभिड संकट कायम नै रहेका कारण विगतको जस्तो माग आउन नसकेको बताए ।
यसबाहेक कतार, ओमन र बहराइन भने पूर्ण रूपमा प्रमाणीकरणको काम सुरु भएको छ । “साउदी अरबमा मार्चको १४ तारिखयता श्रमिक नपठाउनु भन्ने नेपाल दूतावासको भनाइ छ। भने कतारले केही समयअघि कामदार लिने जनाए पनि हाललाई पुनः तीन महिनाको लागि विदेशी श्रमिकलाई प्रवेश नगर्ने जनाएको छ ।