image
image

भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित ८ जना पक्राउ

काठमाडौँ २७ असार । भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटले वडाध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नम्बर ६ बस्ने जमिर मियाँ भएको भन्दै नागरिकता बनाउन सिफारिस गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।

प्रहरीले ३३ वर्षीय भारतीय नागरिक देवन, नक्कली बुवा ५२ वर्षीय सफिअल्ला मियाँ, वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरूलाई पक्राउ गरेको छ।

गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सापकोटाले गत चैत १ गते पहिचान बिनै वंशजको आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएको आरोप छ।

प्रहरीले नक्कली बुवा बनेका ५२ वर्षीय सफिअल्ला मियाँको पनि नागरिकतामाथि अनुसन्धान अघि बढाएको छ। उनले अर्घाखाँचीबाट नागरिकता बनाएको खुलेको छ।

उनले देवन आफ्नै छोरा भएको र ममिता खातुन भन्ने आमाले सानैमा छाडेर गएको भन्दै झुठो विवरण पेश गरेका थिए।

नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा गत चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए।

जन्मदर्ता बनाएको १५ दिन भित्रै नागरिकता बनेको देखिएको प्रहरी निरीक्षक खानलले बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।