image
image

मकवानपुरमा पहिलो पटक क्रेडिट कार्ड

काठमाडौँ, २७, असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसान क्रेडिट कार्ड वितरण सुरुवात गरेको छ । यसमार्फत साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ ।

साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि दुई लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

नेपाल बंगलादेश बैंक लिमिटेड, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको सम्झौता अनुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा दुई लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

पहिलो  चरणमा आठ महिला र १७ पुरुष गरी २५ जना किसानलाई किसान कार्डमार्फत रकम प्रदान गरिनेछ । उनीहरुले विना धितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको संख्या आठ सय पुर्‍याउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।