image
image

चीनले दक्षिण एसियाली मुलुक गरिबी निवारण केन्द्र स्थापना

काठमाडौं, २७, असार। बिगत एक वर्षदेखि दक्षिण एसियाका पाँच मुलुकसँग बिभिन्न विषयमा चरणबद्ध रुपमा सामूहिक छलफल गरेको चीनले चीन–दक्षिण एसिया मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको छ । तर, यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र वेइजिङस्थित नेपाली दूतावासले केही पनि जानकारी दिएका छैनन् र यसलाई गुपचुप राख्न खोजिएको छ ।

सो संगठनमा पाँचै मुलुक नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सहभागी जनाएका छन् । भारत बाहेक सार्कका अन्य सदस्य मुलुकहरुसँग मिलेर चीनले गठन गरेको यो संयन्त्रलाई कूटनीतिक तहमा निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

गत अप्रिलमा पाँचै देशका विदेशमन्त्रीहरुको सामूहिक छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले सो संयन्त्र गठनको प्रस्ताव गरेका थिए । दुई महिनाको गृहकार्यपछि शुक्रबार बेइजिङस्थित पाँचै देशका राजदूतको उपस्थितिमा यसको औपचारिक घोषणा गरिएको हो । नेपालका लागि चिनियाँ राजदुत महेन्द्र बहादुर पाण्डे सो कार्यक्रममा सहभागी भएका थिए ।

सो केन्द्रको स्थापना गर्दै चीनका उपविदेशमन्त्री वु जिंघाओले गरिवी निबारण सम्बन्धी चीनले प्राप्त गरेको सफलता चीनका लागि मात्र नभएर विश्वको लागि नै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यसको उद्देश्य दक्षिण एसियाली मुलुकहरुलाई उनीहरुको आर्थिक विकास र जीवनयापनमा सुधार ल्याउन सहयोग गर्नु हो ।’

उनले सो केन्द्रको उद्देश्य गरिवी निवारणमा मिलेर काम गर्नु रहेको बताए । यस सम्बन्धी भएका प्रगतीबारे चिनियाँ पक्ष बाहेक नेपाली पक्षले केही पनि जानकारी गराएको छैन । चीनले सो केन्द्रको शाखा कार्यालय पाँचै मुलुकमा स्थापना गर्न चाहेको स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।