image
image

विदेश छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै मल्ल

काठमाडौँ, २७, असार । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनप्का २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गेको वाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । उनले करिब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश फर्किए । शुरुमा अष्ट्रेलिया जने सोचेपनि त्यसलाई त्यागेर यही बाख्रापालन थालेका थिए । बुबाले रहरले पालेको स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो । अहिले भने बोयर जातका बाख्रापालन गरेको छन् ।

विदेश जाने सोच त्यागेर बाख्रापालन गरेको छु । जेठसम्ममा १२ लाखका बोका बिक्री गरेर त्यसलाई बाख्रापालनमा नै थपेको छु, उनले भने । करिब रु १२ लाखबाट शुरु गरेको व्यावसायमा लगानी ३० लाख पुगेको छ । खोरमा अहिले ८ वटा बोएर छन् । ठूलो क्षेत्रफलमा उन्नतजानको घाँस समेत लगाइएको छ । बाख्रार बोका बिक्रीबाट वार्षिक रु २० लाखसम्म कमाइ गर्ने लक्ष्य छ । उनको फार्ममा तीन लाखसम्म पर्ने बोयर बोका छन् । 

यहाँको कमाईले म पुर्णरुपमा सन्तुष्ट छु, आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गर्दै छु, नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका मल्लले भने । अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट शुरु भएको बाख्रापालन यसै वर्ष ५० पुर्याउने लक्ष्य छ । थप बोयर मगाइएको छ । खोरमा एक वर्षमा देब्बर हुने गररुी माउ राखिएको छ । 

मल्लले युवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्य प्राविधिक सहयोग समेत गर्ने बतए कृष्ण बहुउदेश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर मासुको प्रयोजनका लागि नभइ शुद्ध बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोय बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना मल्लको रहेको छ । 

छिमेकीको बाँझो जमिन भाँडामा लिएर घाँ खेतीसमेत विस्ता गरिएको छ । उता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले वडालाई कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा विका गनेए ध्येयले पशुपालक कृषकलाई आवश्यक सहयोग गरेको बताए । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।