image
image

प्रधानमन्त्रीद्वरा उद्घाटन वीर अस्पतालको सर्जिकल भवन

काठमाडौँ, २७, असार । वीर अस्पतालको सर्जिकल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गरेका हुन्।

उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो। समयभित्रै भवन निर्माण गरेकोमा शर्मा निर्माण कम्पनीलाई प्रधानमन्त्री ओलीले धन्यबाद दिएका छन्।

यस भवनमा कोरोना भाइरस संक्रमितलाई राखेर उपचार यसअघिदेखि नै सुरू भइसकेको छ। सर्जिकल भवनमा सेवा दिन सरकारले ८ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको थियो।

प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यलाई महत्व दिनुपर्ने बताए। ‘जनताको जीवन रक्षा पहिलो कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भने। कोरोना भाइरस संक्रमण विरुद्ध खोप ल्याउने र जनतालाई लगाउने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।