image
image

प्रदेश सरकारले करोडौंको भ्रष्टाचार गरेको पृथ्वीसुब्बा गुरुङको आरोप 

काठमाडौँ २६ असार ।  नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि १६ करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन् । । शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

त्यस्तै उनले उनीविरुद्ध तत्काल भ्रष्टाचारको मुद्दा चलाउने चेतावनी दिए । नेता गुरुङमाथि पोखरेल नेतृत्वको सरकारले ४ अर्बभन्दा बढीको टेण्डर गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले विगतका बर्ष देखिनै सुरु गरिएका योजनाको लागत स्टेटमेन्टमा ढिलाई भएकाले रातो किताबमा उल्लेख नगरी पछि टेन्डर गरिएको प्रष्टिकरण दिए । गुरुङले कृष्णचन्द्र नेतृत्वको सरकारले आउनासाथ एकपछि अर्को गलत काम गरिरहेको आरोप समेत लगाए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।