image
image

कृषिलाई व्यवसायीकरण र यान्त्रीकरणमार्फत उत्पादन बढाउन किसानलाई अनुदान

काठमाडौँ, २६, असार । बेसीशहर नगरपालिकाले कृषिलाई व्यवसायीकण र यान्त्रीकरण गर्दै उत्पादन वृद्धिका लागि अनुदानका कार्यक्रमलाई प्राथामिकता दिएको छ । चालु आर्थिक वर्ष कार्यान्वयन र आगामी वर्ष योजनामा समेत किसानहरुलाई प्रोत्साहा गर्दै व्यवसायिक कृषि उत्पादनलाई वढावा दिन अनुदानको व्यवस्था गरेको हो । कृषि अन्नतगत विभिन्न शिर्षकमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गदेए आएको नगरपालिकाले चालु वर्ष कृषि यान्त्रिकरणतफ  खेतवारी जोत्न १ सय ३८ थान हाते ट्याकटर वितरण गरेको छ । 

नगरपालिकास्तरबाट १ सय १ र वडास्तरबाट ३६ वता हाते ट्याक्टर किसानको ५० प्रतिशत लगानी रहोगरी पालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै किसानहरुकै मागअनुसार तरकारी खेती प्रवद्र्धनका लागि ५० प्रतिशत अनुदानमा टेन्ल तरकारी खेतीका लागि सिलपोलिन वितरण गरेको छ भने वडा नं. २ मा च्वाइस नेपालको सहयोगमा टनेल खेती प्रवद््रधन कार्यक्रम समत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

त्यस्तै, मौरी विकास कार्यक्रमअन्र्तगत मौरीपालक कृषकहरुलाई चालु वर्ष २ सय वटा खाली उपलब्ध गराएको छ भने नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्न सम्मान समेत गर्दै आएको छ । नगरभित्रका उत्कृष्ट कृषक छनौट गरी चालुवर्ष १० जनालाई बेसीशहर मेयर कृषि पुरस्कारले सम्मान गएिको नगरप्रमुख गुमानसिहं अर्यालले बताए । बेसीहर नगरपालिका हाल ८८ वटा कृषि फर्म र १ सय ४३ कृषक समुह रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेत कोरोना भाइरस स्रंक्रमणले प्रभावित पारेको श्रमशक्तिलाई कृषि तर्फ आकर्षण गर्न विभिन्न कार्यक्रमहरु तय गरेको नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले बताइन् । 

बाँझौ जमिनलाई उपयोग गर्दै कृषिहरुलाई यान्त्रिकरण र व्यावसायिकरणमा सहयोग, कृषि उत्पादन वृद्धिका लागि सिँचाई, मल, विउ, पूँजी र प्रविधिको सहज पहुँचको पुर्याउने र कृषि पेशामा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम तय गरेको छ । अयातलाई न्यूनिकरण गर्दै स्थानीय बजारको मुख्या हिस्सा आन्तरिक उत्पादनलाई बनाउन व्यावसायिक तरकारी खेती प्रवद्रधन कार्यक्रम, खाद्य सुरक्षा तथा पोषण सुधार कार्यक्रम, सघन बाली विकास, यान्त्रिकरण र पालिकास्तर विउ आत्मनिर्भर आयोजना, ग्रामिण विविकोपार्जन सहयोग कार्यक्रम, बेरोजगार युवा लक्षित कृषि प्याकेज जस्ता कार्यक्रमहरु नगरपालिकाले आगामी वर्षको निती तथा कार्यक्रममा समावेश गरेको उपप्रमुख अधिकारीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।