image
image

आइतबारदेखि अन्तर्राष्ट्रिय उडान थपिँदै

काठमाडौँ २५ असार । आइतबारदेखि अन्तर्राष्ट्रिय उडान थपिने भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबारदेखि ११ वटा एयरलाइन्सले नेपालबाट  विभिन्न देशमा उडान भर्ने भएका हुन् । 

प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, कतार एयरलाइन्स, टर्की एयरलाइन्स, जजिरा फ्लाई दुबई, सलाम एयर, एयर अरेबिया अबुधाबी, एआई र सिंगापुर एयरलाइन्सले आइतबारबाट उडान भर्ने भएका हुन् । 


यी एयरलाइन्सले साप्ताहिकरुपमा उडान भर्नेछन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार वैदेशिक रोजगारमा जाने नेपालीहरूको गन्तव्य भएका देशहरूमा हवाई उडान सङ्ख्या बढाइएको हो । उनले भने, ‘नेपालबाट अधिकांश रोजगार गन्तव्य मुलुकहरूको लागि उडान खुलाइए पनि केही देशहरूले भने उडानको अनुमति दिएका छैनन् ।’  युएईले साउन ६ गतेसम्म विदेशी उडान प्रतिबन्ध लगाएको छ भने चीनमा पनि प्रतिबन्ध जारी छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।