उपत्यकामा घट्यो संक्रमित संख्या, कहाँ कति ?
काठमाडौँ २५ असार ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८० जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक २६१ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना रहेका छन् ।
त्यस्तै प्रदेश १ मा ४११ जना, प्रदेश २ मा ४० जना, बागमती प्रदेशमा ७ सय जना, गण्डकीमा १७४ जना, लुम्बिनीमा ९० जना, कर्णालीमा ५९ जना र सुदूरपश्चिममा ८ जना संक्रमित थपिएका छन् ।
यस्तै नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन् । दुवै डोज खोप लगाउनेको कूल संख्या ९ लाख ६४ हजार ५०८ रहेको छ ।