image
image

चिनियाँ सामग्री निर्धक्क आयात गराउन आग्रह

 काठमाडौँ  २५ असार  । वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा अनगिन्ती पहिरो जान थालेपछि सडक विभागले एक घण्टाभित्र अवरोध हटाउन प्राविधिक जनशक्तिसहित उपकरण तैनाथ गरेको हो ।

सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका दुई इञ्जिनीयर उपकरणसहित तैनाथ भएकाले यस वर्षको सडक अवरोध तत्काल हट्नेमा आफूहरू आशावादी भएको चालकले बताएका छन् । यही असार १ गते आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी नाका अवरूद्ध बनाएपछि चीनसँगको कारोवार गर्ने एकमात्र उत्तरी रसुवागढी नाका सहज पार्न जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा यस वर्ष सडक विभागले विशेष चासो देखाएको छ ।


सडक विस्तार आयोजनाका साथै डिभिजन सडक कार्यालयको समेत जिम्मेवारी सम्हालेका कारण पासाङल्हामु मार्गमा हुने अवरोध एक घण्टाभित्र हटाई सवारी साधन निर्वाध सञ्चालन गराउन आवश्यक उपकरणसहित आफू पूर्वतयारीमा रहेकाले चीनबाट ल्याइने सामग्री निर्धक्क साथ आयात गर्न व्यापारी व्यवसायी वर्गलाई आग्रह गरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

विगतको तुलनामा यस वर्ष पासाङल्हामु मार्गको बेत्रावती, कालिका स्थान, धुञ्चे, स्याफ्रुबेँसी क्षेत्रका अधिकांश असहज भागका उल्लेखनीय सुधार गरिएको र केही भागका काम निरन्तर अगाडि बढिरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । बेत्रावतीदेखि कालिका स्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्मका सडक सुधारका लागि विनियोजित रु २० करोडमध्ये करिब रु १० करोड खर्च गरिसकिएका असहज स्थानमा सडक सतह ढलानसमेत गरिएको छ ।

चीनसँगको कारोवार गर्ने व्यापारी नाका सहज र बलियो बनाउन सरकारले रकम विनियोजन गरे पनि कार्यस्थलमा यथेष्ट काम हुन नसक्दा रु १० करोड फ्रिज जाने भएको छ । कोरोनाको सङ्क्रमण, निर्माण सामग्रीको अभाव, रोग नियन्त्रणका लागि स्थानीय प्रशासनको निषेधाज्ञाजस्ता कारणले विनियोजित रकम बराबरको काम हुन नसकेको सडक सुधारका कार्य गराउने इञ्जिनीयर मर्हजनले बताउनुभयो ।

इञ्जिनीयर मर्हजनका अनुसार रु १० करोडको खर्चबाट साविक कालोपत्र उप्केका एक हजार २०० मिटर भागमा मर्मत, ३५० मिटरमा ग्याबिन पर्खाल निर्माण, दुई हजार ६०० मिटर सडक सतहमा ढलान, दुई किलोमिटर नाली मर्मत गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।