image
image

बनेपाको पुलबजार सडक डुबानमा 

काठमाडौँ, २५, असार । काभ्रेको बनेपास्थित पुल बजारको सडक डुबानमा परेको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमा पानी जम्मा भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा पानी जम्मा भएकोले निकास दिने काम सुरू गरिएको छ।

जेसिबी प्रयोग गरेर सडकमा जम्मा भएको पानी निकास दिइने प्रहरीको भनाइ छ। खोलामा आएको भेल बजारमा पसेपछि आज बिहानदेखि सडक अवरूद्ध छ।

प्रहरीले साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। बर्खा लागेसँगै वर्षेनी बनेपाको पुल बजार क्षेत्रमा पानी जम्मा भएर सडक अवरूद्ध हुने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।