तरकारी तथा फलफुलको बिषादी जाँच्ने प्रयोगशाला स्थापनामा अन्योल
काठमाडौं, २४, असार । सरकारले काठमाडौं उपत्यका बाहिर ठूला तीनवटा ल्याब (प्रयोगशाला) स्थापना गर्ने योजना अन्योलमा परेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा नै तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने कार्यक्रम भए पनि यसवर्ष पनि प्रयोगशाला मेसिन तथा उपकरण खरिद प्रक्रिया अघि बढ्न सकेन् ।
अघिल्लो आवमा नै सरकारले प्रयोशाला स्थापना गर्न १५ करोड बजेट पनि छुट्याएको थियो । तर, अहिलेसम्म पनि ल्याब खरिद प्रक्रिया सुरु हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, कर्मचारी पदपूर्ति नहुँदा प्रयोशाला स्थापना गर्न सक्ने छैन् ।
ल्याव स्थापनामा काम गर्ने कर्मचारी तथा प्राविधिकहरु लोकसेवा आयोगबाट पदपूर्ति हुनुपर्छ । तर, आयोगले तीन वर्षदेखि कर्मचारी भर्नाका लागि विज्ञापन गरेको छैन । विभागका प्रवक्ता मोहनकृष्ण महर्जन कर्मचारी भर्ना नहुँदासम्म ल्याव खरिदको प्रक्रिया अघि बढाउन नसकिने बताउँछन् । उनले यसवर्ष पनि प्रयोशालाको मेसिन तथा उपकरण खरिद हुन नसकेको बताए ।
‘यसपाली हामीले ल्यावका उपकरण खरिद गरिएन् । किनभने, त्यसअनुसार लोकसेवा आयोगबाट कर्मचारी भर्ना भएनन् । जनशक्ति नआएकाले सामान किनेर थन्क्याएर राख्ने कुरा भएन ।’ उनले कृषिपानासँग भने । आगामी वर्षका लागि पनि कर्मचारी नभएकाले कार्यक्रम नराखिएको उनले बताए । विगत तीन वर्षदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा ४२ प्रतिशत कर्मचारी नियुक्त भएका छैनन् । कर्मचारी नियुक्त भएर आएपछि मात्रै त्यो कार्यक्रम अघि बढ्न सक्ने उनले बताए । उनले ल्याब खरिद गर्नमा ढिलाइ भएको स्वीकार गरे ।
ल्याब खरिद प्रक्रियामा नयाँ कर्मचारी पनि ‘कन्भिन्स’ हुनुपर्ने उनको भनाइ छ । पुरानो ‘डकुमेन्ट’लाई पनि नयाँ कमिटीले ‘इन्डोर्स’ गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । नेपाल र भारतका विभिन्न १२ वटा नाकामा स्क्रिनिङ परीक्षण ल्याब राखिनेछ । विराटनर, हेटौंडा र भैरहवामा ठूला ल्याब स्थापना गर्ने लक्ष्य थियो ।
आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै भित्र्याउने उद्देश्यअनुसार पहिलो चरणमा तीनवटा ल्याब स्थापना गर्ने कृषि मन्त्रालयको लक्ष्य थियो । तीनवटै ल्याबबाट सबै प्यारामिटर वा विभिन्न २९ वटा विषादीका ग्रुप चेकजाँच गर्न सकिन्थ्यो । ल्याबले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विषादी चेकजाँच गर्न सकिने जनाएको छ । अहिले प्रदेश नम्बर ३ ले ५ वटा प्रयोगशाला स्थापना गरी चेकजाँच गरिरहेको छ ।
सबै प्रदेशमा गरी जम्मा ११ वटा ल्याबमार्फत नियमित तरकारी तथा फलफूल र उपभोग्य वस्तुको चेकजाँच भइरहेको छ । नयाँ ल्याब काठमाडौं उपत्यका बाहिर पूर्व, मध्य र पश्चिमी क्षेत्रमा राखिनेछ ।