हर्पन खोलाको बाँध बाढीले बगायो, फेवाताल जोखिममा
काठमाडौँ २४ असार ।फेवातालको सिरानस्थित फेवातालको संरक्षणका लागि हर्पन खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ बाढीले भत्किएको छ । हर्पन, वेत्यानी र अँधेरीखोलाले बगाएर ल्याउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका गेगर रोक्नका लागि दुई वर्षअघि निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ गएराति वर्षासँगै आएको बाढीले बगाएको हो ।
अविरल वर्षाका कारण राति फेवातालको मुख्य स्रोत हर्पन खोलामा निर्मित सिल्टेसन ड्याम बगाएपछि फेवाताल जोखिममा बढेको छ । निर्माण भएको दुई वर्ष नपुग्दै बाढीले ड्यामको जगदेखि नै बगाएको स्थानीय सुजन पराजुलीले जानकारी दिए ।
प्रत्येक वर्ष वर्षायाममा आउने बाढीसँगै फेवातालको क्षेत्रफल साँघुरिदै जान थालेपछि तालको सिरान क्षेत्रका खोलाबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर सिल्ट पोखरीमा जम्मा गराएर ताल पुरिनबाट जोगाउने उद्देश्यले बाँध निर्माण गरिएको थियो । तर बाँध बगाए पछि ताल पुरिने जोखिम बढेको छ ।