सन्दीप लामिछानेले काठमाडौं किंग्स–११ बाट इपिएल खेल्ने
काठमाडौँ, २४, असार । सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता काठमाडौं किंग्स–११ बाट खेल्ने भएका छन्। सन्दीप र काठमाडौंबीच बुधबार सम्झौता भएको छ।यसअघि सन्दीपले पहिलो सिजनको इपिएल ललितपुर प्याट्रिओट्सबाट खेलेका थिए।
इपिएल आगामी असोजमा हुने बताइएको छ। असोज ९ देखि २३ सम्म संचालन गर्न नेपाल क्रिकेट संघ (क्यान) ले अनुमति दिएको आयोजकको भनाइ छ। गत सिजनको इपिएल अन्तिम समयमा स्थगित गरिएको थियो। विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका कारण आयोजकले २०७६ चैतमा तय भएको इपिएल स्थगित गर्न बाध्य भएको थियो।
गत सिजन क्रिस गेल लगायतका स्टार क्रिकेटरले इपिएल खेल्ने तय भएको थियो।