image
image

झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ

काठमाडौँ, २४, असार । दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मीनकेतन गिरी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छवि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले तुलसीपुर १० मा रहेको झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताए।उनीहरूलाई बुधबार बेलुकी नियन्त्रणमा लिइएको थियो। उनीहरूविरूद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।