काठमाडौँमा रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता
काठमाडौँ २३ असार । विगत ६ महिना देखि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता भएका छन् । दिल्ली जाने क्रममा ‘क्रु रेष्ट’का लागी भनेर काठमाडौँ आएका किर्गिस्तानी हेलिकप्टर जनवरी १ देखी त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरी १ मा हेलिकप्टर बङ्गलादेशबाट काठमाडौँ आइपुगेका थिए । रसियाको कजान हेलिकप्टरले निर्माण गरेको ती हेलिकप्टर ३० वर्ष पुराना हुन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार नेपाली हेलिकप्टर कम्पनीलाई बिक्री गर्न सो हेलिकप्टर नेपाल ल्याइएको थियो ।